सुकौरा । वडामा संचालन हुने खेलकुदका प्रतियोगिताहरू लाई ब्यस्थित र युवाहरूलाइ खेलकुदमा आकर्षित बनाउने उद्देस्श्ले त्रियुगा नगरपालिका वडा १६ ले जाल्पा स्पोट क्लव गठन गरेको छ ।
वडामा संचालन हुने सम्पुर्ण खेलकुदमा कार्यहरू संचालन गर्नका लागि वडामा कुनै पनि आधिकारिक क्लव नभए पछि शनिवार एक कार्यक्रमको बिच वडाले खेलकुद क्लव गठन गरेको हो ।
स्वास्थ, कर्मठ र प्रतिस्पर्धी युवा हाम्रो सान, समृद्द १६ नम्बर वडा हाम्रो पहिचान भन्ने मुल नाराका साथ गठन गरिएको क्लवको अध्यक्ष, उपाध्यक्ष, सचिव सह सचिव र कोषाध्क्षमा क्रमश भुवन दाहाल, दिपेन्द्र बस्नेत, बिनय लामा, टंक नाथ कार्की, कबिता कार्की रहेका छन । यस्तै सदस्यहरूमा चुडामणि राई, गणेश मगर, बिन्दा थापा मगर, कृष्ण तामाङ, अनिता मगर, उपेन्द्र बहादुर तामाङ, मन कुमारी राई, सचिना राई, बिजिन्द्र थापा मगर, मिथुन राई रहेका छन ।
अखिल नेपाल फुडवल संघ एन्फा का प्रवक्ता किरण राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा त्रियुगा नगरपालिका वडा १६ अध्यक्ष मान बाहादुर राई, त्रियुगा युवा तथा खेलकुद बिकास समितमा अध्यक्ष प्रदिप श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष खगेन्द्र पोखरेल, पत्रकार महासंघका सह सचिव गजेन्द्र राई, अनेरास्वियु क्रान्तिकारीका अध्यक्ष बिमल कार्की लगाएतको सहभागिता रहेको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

