लोकप्रिय गायिका मेलिना राइ र गायक टम्पाशेर राइको युगल स्वरमा नयाँ गीत ”काठैमा काटी दरबार”को म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइलाइटस नेपालबाट शुक्रबार साझ रिलिज गरिएको गीतमा टम्पाशेरको नै शब्द र संगीत छ भने गीतलाई पावल चामलिंग राइले संगीत संयोजन गरेका हुन । ”काठैमा काटी दरबार” म्युजिक भिडियोमा मोनिका राइ र टम्पाशेरको नै अभिनय गरेका छन् भिडियोमा बिशेष गरी आफ्नो साइनोमा बिहेबारी गरिने चलनलाइ देखाउन खोजिएको छ ।
आशिक राइको निर्देशनमा बनेको भिडियोमा बिक्रम कार्कीको क्यामेरा र बिकाश धमलाको सम्पादन गरिएको छ । उदयपुर गाइघाटका टम्पाशेर राइले विभिन्न २ दर्जन गीतमा संगीत र १ दर्जन गीत रेकर्ड गरिसकेका छन् भने उनि पछिल्लो समय नया नया गीत रेकर्ड र भिडियो निर्माणमा ब्यस्त छन अबको केहि हप्तामै नया गीतको भिडियो ल्याउन राइ शुक्रबार नै भिडियोको छायांकनको लागि काभ्रेको धुलिखेल पुगिसकेका थिए।

कृपया यो पेज Like गर्नु होला


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया