
यस अवसरमा मंगलबार जिल्लाभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइएको हो । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा कटारी, बेल्टार, रामपुर, मुर्कुची, गाईघाट, बोक्से, श्रीपुर लगायत स्थानमा कार्यक्रम गरिएको थियो ।
यस अवसरमा आज मानिसले एकापसमा क्रिसमस दिवसको शुभकामना आदान–प्रदान गरेका छन् । यस अवसरमा गाईघाट त्रियुगा नगर ईसाई समाजले खिष्टमस ¥याली तथा सिटहलमा शुभकामना आदान प्रदान नथा साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । दिवस मनाइएका स्थलमा येशुको शिक्षा एवं उपदेशको चर्चा गरिनाका साथै प्रेम प्रकट गर्दै उपहार आदान–प्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरियो । गाईघाट स्थित सिटीहलमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले सबै धर्म संस्कृत समान रहेको धारण व्यक्त गरे । ‘सबै धर्म संस्कृतीको आ आफ्नै महत्व र भुमिका छ ।’ मेयर चौधरीले भने ‘त्रियुगा नगरपालिकाले धर्मनिरपेक्ष राज्यको नीति अनुसार नै बजेट विनियोजन र नीति तथा कार्यक्रममा सबै धर्मलाई समेटने प्रयास गरेका छौ ।’ कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष विश्वराज भट्टराईले सबै जात भाषा धर्मलाई समेटेर लगे मात्र देशको विकास हुने धारणा राखे । कार्यक्रममा प्रमुख वक्ता प्रदेश नम्बर १ ईसाई समाजका उपाध्यक्ष पादरी विक्रम वर्ण येक्तेनले येशुको शिक्षा र उपदेशको चर्चा गरेका ईसाई समाजका शिव भट्टराईले जानकारी दिए ।
येशु ख्रीष्टको शुभ जन्म दिनको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ मनाइन्छ ।
नेपालमा क्रिस्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासङ्घले जनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

