तेह्रथुम । माईभ्यालि फुटबल क्लब इलामले तेह्रथुममा सम्पन्न प्रथम भगिमान सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि चुमे संगै उदयपुर ११ निसार बनि घर फर्केकाे छ। शनिबार सम्पन्न फाइनल खेलमा उदयपुर एघारलाई २ – १ गोल अन्तरले पराजित गर्दै इलामले तेह्रथुमकै प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधी जितेको हो । तेह्रथुम सदरमुकाम म्याङलुङस्थित खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्म फाइनल खेलमा इलामको जितका लागि दुई वटै गोल अनिस थापाले गरे । खेलको १५ औँ मिनेटमा अनिस थापाले डिबक्स एरिया नजिकबाट प्रहार गरेको गोलले सिधैँ जाली चुमाए । त्यस्तै, पहिलो हाफको इन्जूरी समयमा दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । उदयपुरका लागि दोस्रो हाफमा दिप्सन राईले सान्त्वना गोल गरे । प्रतियोगिताको विजेता बनेको इलामले उपाधिसहित नगद २ लाख ५ हजारसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको उदयपुरले नगद १ लाख १५ हजारसहित ट्रफीमा जित बुझायो । खेलको म्यान अफ द म्याच इलामका अनिस थापा घोसीत भए । गत पुस २ गतेदेखी भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजना गरेको प्रतियोगितामा कुल दश टोलीको सहभागिता रहेको थियो ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया