ढक बहादुर राउत
नेपालटार । युवा मा आश खेलकुदमा बिकास, उदयपुरगढी गाउँपालिकाको पहिलो प्रयास भन्ने नाराका साथ उदयपुरगढी गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । उदयपुरगढी गाउँपालिकाको आयोजनामा पहिलो पटक नेपालटारमा फुटबल प्रतियोगिता संचालन हुने भएको हो । उदगपुरगढी गोल्डकप फुटबल प्रतियोगिता २०७५ नाम दिईएको प्रतियोगिता कार्तिक १० गते शनिवार उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ नेपाटार स्थित भकुण्डे चौरीमा संचालन हुने छ । प्रतियोगितामा जिल्लाका विभिन्न क्लबले प्रतिस्पर्धा गर्ने छन । उद्घाटन खेल आयोजक उदयपुरगढी गाउँपालिका र असारी फुटवल क्लब विच हुने छ । भने दोस्रो खेल कटारी ११ र फ्युजन फुटवल क्लब बोक्से विच, तेस्रो म्याच रौतामाई गाउँपालिका र वेल्टार एकता समूह विच र तेस्रो खेल गाईघाट फुटबल क्लब र बेलका नगर खेलकुद विकास समिति विच प्रतिपर्धा हुने प्रतियोगिता व्यवस्थापक सुमित कार्कीले जानकारी दिए । ‘हामीले पहिलो पटक गाउँपालिकामा फुटबल प्रतियोगिता गर्न गईरहेका छौ ।’ व्यवस्थापक कार्कीले भने ‘प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।’
शनिवार उदयपुरका संघीय सांसद शुरेस कुमार राईको उपस्थितिमा प्रतियोगिताको उद्घाटन हुने आयोजक समितिका अध्यक्ष मोहन कुमार मगर (नमराज) जानकारी दिए । पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको विजेताले रु १ लाख नगद, शिल्ड र प्रमाण पत्र पाउने छन भने द्धितिय हुने टिमले ५० हजार नगद सहित शिल्ड र प्रमाण पत्रको व्यवस्था गरिएको प्रतियोगिता व्यवस्थापन समितिका संयोजक कार्कीले जानकारी दिए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


ढक बहादुर राउत