बसाहा । चौदण्डीगढी नगरपालिका ४ वसाहामा १५ दिने संङ्गीत प्रशिक्षण शिविर सम्पन्न भएको छ ।
सांस्कृतिक संस्थाको (राष्ट्रिय नाचघर) जमलको आयोजनामा १५ दिने संङ्गीत प्रशिक्षण शिविर सम्पन्न भएको हो । भदौ २२ गते देखि असोज ६ गते सम्म संचालित संङ्गीत प्रशिक्षण शिविरमा ७५ जनाले प्रशिक्षण लिएका थिए । समापन कार्यक्रमका प्रमुख अथिति तथा जिल्ला समन्वय समितिका संयोजक खड्गबहादुर दर्नालले कलाको शक्ति अत्यन्तै धेरै हुने हुनाले कलाको उपयोग गरेर समाज परिवर्तन गर्न जरुरी रहेको बताए । उनले भने ‘हामीले दुई घण्टा भाषण गरेको भन्दा एउटा गायकले पाँच मिनेट गाएको गीतको प्रभाव बढि हुने हुदाँ यसको संरक्षण र संम्बद्र्धन गर्न आवश्यक रहेको छ ।’ भाषा, कला संस्कृति संरक्षणमा उदयपुरका ८ वटै तहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय व्यवस्थापक बसाहा राईजिङ युवा क्लब बसाहाको आयोजनामा सम्पन्न प्रशिक्षणमा संगीत तर्फ २० जना र गायन तर्फ ५५ जना सहभागि रहेका कार्यकारिणी समितिका सचिव अंगत राईले बताए । ‘संगितमा गितार, तबला, मादल हार्मोनियम र गायन तर्फ लोक, पप, आधुनिक गीतको प्रशिक्षण थियो ।’ सचिव राईले भने ‘बसाहा राईजिङ्ग युवा क्लबले आयोजना गरेपनि मुल संचालक समिति गठन गरेर कार्यक्रम गरिएको हो ।’ कार्यक्रममा सांस्कृतिक संस्थान राष्टिय नाचघरका अध्यक्ष उद्योग राई, महाप्रबन्धक राजेश थापाको उपस्थिति
रहेको थियो । १५ दिन सम्म नरेश प्रजापतीले संगित तर्फ र बीपिन घिमिरेले गायन विधाको प्रशिक्षण दिएका थिए ।


Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

