काठमाडौं : नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । त्यसैले ऐतिहासिक मानिएको यो खेल नेपालका लागि निकै महŒवपूर्ण बनेको छ ।
नेपालले गत मार्चमा जिम्बाब्वेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो । त्यसपछि यसै सिजन फेरि एक दिवसीय टोलीको रूपमा फर्किएको नेदरल्यान्ड्ससँग नेपालले आफ्नो पहिलो एक दिवसीय शृंखला खेल्न लागेको हो । त्यसका लागि नेपाली टोली नेदरल्यान्ड्स पुगिसकेको छ । घरेलु टोलीविरुद्ध दुई एक दिवसीय शृंखला खेल्ने तय भएको नेपालले दोस्रो एक दिवसीय भने बिहीबार खेल्नेछ । लन्डनको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)मा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक शृंखला खेलेर आफ्नो पहिलो एक दिवसीय शृंखलाका लागि त्यहाँ पुगेको नेपालले सुखद सुरुआतको योजना बनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

