गाईघाट । चिसो चिसो मौसममा उदयपुरको गाईघाट क्षेत्र गायक राजेशपायल राईले आईतबार साँझ एकाएक तताए ।
स्टेजमा राई उक्लिमा मात्र के पाएका थिए दर्शकको तालीको पर्रा र हुटिङले कार्यक्रमको रौनक नै अर्कै बनाइदियो ।
गाईघाटमा जारी पहिलो प्रदेश महोत्सव त्रियुगाको अवलोकन गर्न आएका खचाखच दर्शकका बीच कार्यक्रम सञ्चालक टम्पसेर राईले राजेशपायलको नाम उद्घोष गरेपछि माहोल एकाएक तातेको थियो । राति करिव ८ बजे स्टेजमा देखा परेका राईले चोटै चोटले बाँचेको छु, बेहोसी मै मुटु जलाई जलाई… बोलको गीतबाट प्रस्तुति शुरू गरे ।
माहोलअनुसार आफ्नो प्रस्तुति दिन खप्पिस राईले पहिले विछोडका भावहरु सहितको गित गाए भने पछि डान्स गित गाएका थिए । उनले तिम्ले बाटो फेरेउ अरे, म त मर्छु कि क्या हो ठूली, बसमा छैन यो मन, उकालीमा जाँदा जादै, एकासी दुकासी, मोहनी लाग्ला है, तिमी मन दिन्छु, किन यति धेरै माया लाग्छ नि हौ, लगायत डेढ दर्जन बढी गीत प्रस्तुत गरेर दर्शक नचाएका थिए ।
अमेरिकामा इन्टरनेसनल पप स्टारको उपमा पाएका गायक राशेजपायल राई लामो समयपछि गाईघाटको कार्यक्रममा सहभागि भएका हुन । राजेशको साँङगेतिक कार्यक्रममा भाग लिन जिल्लाका विभिन्न स्थानबाट सवारी रिजर्भ गरेर दर्शकहरु सहभागि भएका थिए । आईतबार महोत्सवमा १० हजार दर्शकले टिकट काटेर अवलोकन गरेको आयोजक दिनेश श्रेष्ठले बताए ।
‘आऔँ जुटौँ गर्न भाषा कला र संस्कृतिको उत्थान, बढाउन उद्योग, व्यापार, व्यवसाय र पर्यटन’ भन्ने नाराका साथ फागुन १५ देखि २५ गतेसम्म प्रदेश सञ्चालन हुनेछ । कृषि पर्दशनी, उद्योग व्यापार, पर्यटन, लघुउद्यम, सूचना प्रविधिको रहेका छन । महोत्सवमा विभिन्न स्थानबाट डेढ सय बढि स्टलहरु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन, कृषि सामग्री, अटो मोवाइलस, खाद्यान्न लत्ता कपडा लगायतको स्टल राखिएको सचिव दिनेश श्रेष्ठले जानकारी दिए । महोत्सवबाट प्राप्त रकमले त्रियुगा नगरपालिका क्षेत्रमा सुविधा सम्पन्न अतिथि सदन निर्माण गरिने भएको छ । अध्यक्ष भगवतले भने, ‘यस महोत्सवबाट उठेको पैसाले गाईघाटमा अत्यधुनिक अतिथि सदन निर्माण गर्ने लक्ष्य लिइएको छ ।’ १० दिनसम्म चल्ने महोत्सवमा करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवलाई आकर्षण थप गर्नका लागि दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति कार्यक्रम रहेको छ । महोत्सवमा बालउद्यान लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरु संचालन गरिएको छ । मेलाको एसियनथाई फुड्स प्रालि र उदयपुर सिमेण्ट उद्योग मुख्य प्रायोजक रहेका छन । महोत्सव सञ्चालनमा संघले ६० लाख आम्दानी र ५० लाख खर्च हुने अनुमान गरेको छ। १० दिन सम्म संचालन हुने महोत्सव उदयपुर लगायत छिमेकी जिल्लाहरु सिराह, सप्तरी, खोटाङ, भोजपुर, सुनसरी, मोरङलगायतका क्षेत्रबाट अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सवबाट एक करोड पचास लाख बढिको व्यापार गर्ने उद्देश्य राखिएको उपाध्यक्ष रमेश बिकको भनाइ छ ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया