गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा जारी पहिलो प्रदेश महोत्सव त्रियुगामा आज (आईतबार) राजेशपायल राईको विशेष प्रस्तुति रहने भएको छ । राई पछिल्लो पुस्ताले अत्यधिक मन पराउने गायक हुन् । स्वरमा विविधता उनको परिचय हो । पहिलो प्रदेश महोत्सवको सांगीतिक कार्यक्रममा उनलाई स्थानीय कलाकारहरुले साथ दिने संघका सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।
आयोजक त्रियुगा उद्योग वाणिज्य संघका अनुसार यो महोत्सवको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ । महोत्सवमा टिकट काटनेलाई प्रत्येक दिन उपहारको व्यवस्था गरिएको छ ।
उदयपुर लगायत समग्र प्रदेशको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो महोत्सव प्रदेश नम्बर १ को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको संघका अध्यक्ष गजेन्द्र भगतले बताए ।
को हुन राजेश पायल
राजेश पायल राई नेपाली गायक हुन ! उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन । उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ । पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रुपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो । उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो । उनलाई चर्चित बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन् । उनले २०६६ सालमा प्रशारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी, परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा सशक्त अभिनय चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

