उदयपुरमा पहिलोपटक ‘प्रथम स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ हुने भएको छ । उदयपुर स्पोर्टस क्लवको आयोजना तथा त्रियुगा नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिवल संघको संयोजनमा माघ ११ हुन लागेको प्रतियोगिताको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिईयो ।
१३ गतेसम्म हुने प्रतियोगितामा ८ स्थानीय तहअन्र्तगत रहेका सुनकोसी, रौतामाई, ताप्लि र उदयपुरगढी गरी ४ गाउँपालिका र त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका गरी ४ नगरपालिका साथै १ आयोजक समुहले सहभागिता जनाउने छन् ।
स्थानीय थरुहट रंगशालामा हुने प्रतियोगितामा पहिलो हुनेले नगद ६५ हजार, दोश्रोले ३५, तेश्रोले २० र सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, सर्वोत्कृष्ट विद्यामा २÷२ हजारका दरले नगद, मेडल, ट्रफी, शिल्ड पाउने मुल समारोह समितिका संयोजक तथा जिल्ला भलिवल संघका अध्यक्ष प्रथमलाल चौधरीले जानकारी दिए ।
उदयपुर सिमेण्ट उद्योग मुल प्रायोजक रहेको प्रतियोगितामा विभिन्न निकायबाट प्राप्त हुने ८ लाख ८९ हजार रुपिँया खर्च हुने जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तथा आयोजक समितिका सदस्य प्रदिप श्रेष्ठले जानकारी दिए । प्रतियोगिता नकाउटका आधारमा वेष्टअफ फाइभ हुने छ । प्रतियोगिताको उद्घाटन खेल ११ गते विहान आयोजक र दोस्रो उदयपुरगढी गाउँपालिका, दिउँसो बेलका नगरपालिका र सुनकोसी गाउँपालिकाले खेल्नेछन् ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पुष्प बिक, पुर्वाञ्चल खेलकुद बिकास समितिका पुर्वअध्यक्ष किरण राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले प्रतियोगिता सफलताको शुभकामना मन्व्य व्यक्त गरेका थिए ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया