कृपया यो पेज Like गर्नु होला

दिवसको अवसरमा प्रहरीले असोज २५ र २६ गते जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । मेन्स डबल्स (ए समुह) र मेन्स डबल्स (बी समुह) इभेन्ट्समा खेल सन्चालन हुने बताइएको छ ।

भट्टका अनुसार प्रतियोगिताका विभागिय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका खेलाडीहरुको सहभागिता हुनेछ । जिल्लाको कटारी, बेल्टार, जलजले लगायत खेलाडीहरुको सहभागिता हुनेछ ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरसंगको समन्वयमा हुने प्रतियोगिता खेल जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सन्चालन हुनेछ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया