हास्यव्यंग्य विशेष कार्यक्रम गाईजात्रा २४ साउनदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । गाईजात्राको अवसरमा हरेक वर्ष आयोजना हुँदै आइरहेको गाईजात्रामा चर्चित हास्य कलाकारको प्रत्यक्ष प्रस्तुति रहने गर्दछ ।
यसपालिको गाइजात्रा विशेषको तयारी अन्तिम चरणमा पुगेको कारोबार मिडियाले जनाएको छ । गाईजात्रा साउन २४ देखि भदौ ३ गतेसम्म जम्मा १२ दिन चल्नेछ । यसपालि चर्चित हास्य टेलिशृंखलाहरू तितो सत्य, जिरे खुर्सानी र ब्रेकफेललाई संयोजन गरी ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’ नाम दिइएको हो ।
चर्चित हास्य कलाकारहरू दीपकराज गिरी, शिवहरि पौडेल, किरण केसी, मनोज गजुरेल, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, दमन रुपाखेती, पूर्ण थापा, रवि डंगोल, मनोज आचार्य, टीका भण्डारी, शिवहरि वैरागी, सविता गुरुङ, नीरज नेपाल, कविता शर्मा, सरिश्मा मगरलगायतले यसपालि दर्शकलाई पेट मिचीमिची हँसाउने छन् ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

