निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा चेल्सीलाई ४–१ गोल अन्तरले हराएर आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

कृपया यो पेज Like गर्नु होला

खेलमा चेल्सीका लागि पहिलो गोल भिक्टोर मोसेसले ४६ औँ मिनेटमा गरेका थिए । ८० औँ मिनेटमा चेल्सीका पेड्रो रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनलका सिड कोलासिनाकले गोल फर्काए । कोलासिनाकको गोलसँगै खेल निकै आक्रामक बनेको थियो । दुवै टिमले केही राम्रा अवसर गुमाए ।

टाइब्रेकरमा चेल्सीले निकै खराब खेल्यो । रियल मड्रिडबाट चेल्सीमा अनुबन्धित भएका अल्भारो मोराटाले पनि गोल गर्न सकेनन् ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया