काठमाडौं : प्रधानमन्त्री हुँदा भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल भलिबल संघले सम्मान गरेको छ। आइतबार बिहान लाजिम्पाट पुगी संघका पदाधिकारीहरूले अध्यक्ष प्रचण्डलाई सम्मान गरेका हुन्।

कृपया यो पेज Like गर्नु होला

भेटमा संघका अध्यक्ष मनोरञ्जन शर्मालगायतले प्रचण्डको प्रधानमन्त्रीत्वकाल भलिबल खेलका लागि स्वर्णिम काल भएको बताए।  अध्यक्ष प्रचण्डले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको भन्दै त्यतिले मात्र राज्यको जिम्मेवारी पूरा नहुने प्रतिक्रिया दिए। ‘भलिबललाई राष्ट्रिय खेलका रूपमा स्थापित गर्न राज्यले खेलाडीहरूको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी छ’, प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिताका लागि पहल गनुपर्छ।’

पूर्व खेलकूदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे। कार्यक्रममा उपाध्यक्ष निरोसी मास्के, महासचिव जितेन्द्रबहादुर चन्द लगायत संघका पदाधिकारीहरू सहभागी थिए।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया