काठमाडौं । असोज ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भैसकेको छ । केहीदिन अगाडि राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ए दाजु नसमाउ न नाडीमा बोलको गीत सार्वजनिक गरिएको थियो । छक्का पन्जा २ को यो गीतबाट अहिले दर्शकहरुको मनमा केही प्रश्नहरु पनि उब्जिरहेका छन् ।

कृपया यो पेज Like गर्नु होला

१। नायीका स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालको जोडी छक्का पन्जामा देखिंदैन तर यो फिल्ममा उनीहरु प्रेमजोडीको भूमिकामा प्रस्तुत भएको हालै सार्वजनिक गीतबाट नै स्पष्ट हुन्छ । तर, केही महिनादेखि एउटा खबर बाहिर आइरहेको छ कि फिल्ममा नायिका स्वस्तिमा खड्का नायिका प्रियंका कार्कीकी छोरीको भूमिकामा छिन् । ‘छक्का पञ्जा’मा दीपकराज गिरीलाई धोका दिएर प्रियंकाले शिवहरी पौडेलसँग विवाह गरेकी हुन्छिन् । ‘छक्का पन्जा २’ मा शिवहरी पौडेल र प्रियंकाको छोरीको भूमिका स्वस्तिमाले निर्वाहा गरेको भए दीपकराज गिरीको छोरा के स्वरुपपुरुष ढकाल हुन् ? ‘छक्का पञ्जा’को अन्त्यमा नायिका वर्षा राउतले बच्चालाई जन्मदिएकी हुन्छिन्, जून दीपकराज गिरीको सन्तान हुन्छन् । वर्षा र दीपकराज गिरीका छोरा स्वरुपपुरुष र प्रियंका र शिवहरी पौडेलकी छोरी स्वस्तिमा भए उनीहरुको मिलन कसरि संभव छ ? अहिले यो प्रश्नले दर्शकको मनमा डेरा जमाएको छ ।

२। ए दाजु नसमाउ न नाडीमामा बोलको गीतमा स्वस्तिमाको जोडी स्वरुपपुरुष ढकाल र जितु नेपालको जोडीमा वर्षा राउत देखिएकी छिन् । छक्का पञ्जाको अन्तिममा वर्षालाई श्रीमतिको रुपमा दीपकराज गिरीले स्वीकार गरेका हुन्छन् भने जितुको जोडीमा नम्रता सापकोटा प्रस्तुत भएकी थिइन् । तर, कसरि छक्का पञ्जा २ मा वर्षा जितुको जोडी कसरि बनिन् ? यो प्रश्नले पनि दर्शक रनभूलमा परेका छन् ।

३। सार्वजनिक ए दाजु नसमाउ न नाडीमा बोलको गीतको अन्तिममा दीपकराज गिरी सरकारी नम्बर प्लेटको बाईकमा हुइकिएका छन् । जबकी छक्का पञ्जामा उनले एक गाउँको धनाड्य परिवारको छोरा अर्थात् राजाको भूमिका निर्वाहा गरेका थिए । के त्यसो भए दीपकराज गिरीलाई छक्का पञ्जा २ मा सरकारी कर्मचारीको भूमिकामा देख्न सकिन्छ ?


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया