कलाकारिता क्षेत्रबाट गायन क्षेत्र तिर जम्प गरेका नविन पौडेल अहिले नयाँ एल्वमको अन्तिम तयारीमा जुटेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गायक नविनले आफू नयाँ एल्बम ‘स्ट्रगल’ को अन्तिम तयारीमा जुटेको बताएका हुन् ।

कृपया यो पेज Like गर्नु होला

करिब ५ बर्ष अघि तत्कालिन नेपाल टेलिभिजन–२ बाट प्रशारित ‘चलेको चलन’ नामक नेपाली टेलिचलचित्र निर्माण गरेर चर्चा कमाएका नविन उक्त टेलिचलचित्रको प्रमुख कलाकारको भूमिकामा समेत देखिएका थिए । चलेको चलनबाट नै निर्माता एवं कलाकारको छवि बनाएका नविन कलाकारिता छाडेर गायन तर्फ लागेका थिए । ‘पागल पन’ नामक एकल आधुनिक एल्बम बजारमा ल्याइसकेका नविन अहिले ‘स्ट्रगल’ नामक नयाँ एल्बम बजारमा ल्याउने अन्तिम तयारीमा लागेका छन् । मध्यान्ह राष्ट्रिय दैनिकसँगको कुराकानीमा नविनले भने ‘म अहिले स्ट्रगलको अन्तिम तयारीमा छु, सम्भवत दशै पछाडी नयाँ एल्बम सार्वजनिक हुन्छ ।’ गायक नविनका अनुसार उनको नयाँ एल्बममा ६ वटा गित समावेश हुनेछन् ।

समावेश हुने ६ वटा गित मध्ये ४ वटा रेकर्ड समेत भइसकेको उनले बताए । सबै गित फाइनल भए पछि मात्रै सार्वजनिक गर्ने नविनको तयारी रहेको छ । यस अघि गायक नविनको पागलपन एल्बमको टाइटल गितले सांगितिक क्षेत्रमा राम्रो स्थान पाएको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया