नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइराला अहिले नेपालमा छिन् । गएको तीन हप्ता अगाडि उनी अभिनित बलीउड फिल्म ‘डियर माया’ रिलिज भएको थियो । तर, यो फिल्म नेपालमा चलेन । ‘बम्बे’, ‘१९४२ : अ लव स्टोरी’ र ‘दिल से…’ जस्ता फिल्ममा आफ्नो अभिनय र सुन्दरताको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषाले आफ्नो २६ बर्ष लामो फिल्मी करिअरमा धेरै चर्चित बलीउड अभिनेताहरुसँग काम गरिसकेकी छिन् ।नेपाली फिल्म ‘धर्मा’मा समेत काम गरेकी मनीषा नेपालभन्दा धेरै भारतमा बस्ने गर्छिन् । बलीउड फिल्ममा २६ वर्ष विताएकी मनीषालाई कुन भाषा राम्रोसँग बोल्न आउँछ होला ? तपाईको झट्टै उत्तर आउन सक्छ भारतीय । हो, मनीषा नेपालीभन्दा भारतीय भाषा शुद्धसँग बोल्छिन् । हिजो शनिवार राजधानीमा भएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’मा मनीषा प्रमुख अतिथी बनेर उपस्थित भएकी थिइन् ।
गोपीकृष्णमार्फत मनीषाले क्यान्सर नेपाल केयरलाई सहयोग हस्तान्तरण गरिन् । त्यसबेला कार्यक्रम संचालिका सुगारिका केसीले मनीषालाई आफ्नो विचार राख्न आग्रह गरिन् । मनीषाले आफ्नो विचार राख्ने क्रममा शुद्धतरिकाले नेपाली बोल्न सकिनन् । उनीले नेपाली बोल्दा धेरै भारतीय भाषा नै मिसियो । भारतीय र नेपाली भाषा मिसिएपछि उनले अंग्रेजीमा नै आफ्नो विचार राखिन् ।
हुनत, २६ वर्ष बलीउड फिल्ममा विताएका कारण मनीषाले नेपाली भाषा धेरै विर्सिसकेकी छिन् । नेपाली बोल्न त प्रयास गर्छिन तर प्रत्येक पंक्तिमा नै भारतको मातृभाषा मिसिन थालेपछि उनी अहिले सकभर अंग्रेजीमा नै आफ्नो विचार राख्ने गर्छिन् । मनीषालाई गएको बिहीवार नेपाल सरकारले बागमती सफाइ महाअभियानको सद्भावना दूतमा मनोनीत गरेको छ । शनिवार बागमती सरसफाई अभियानका लागि उनी भारतबाट नेपाल आएकी थिइन् ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

