उदयपुर, जेठ २९
उदयपुरबाट पछिल्लो समयमा गायन क्षेत्रमा लम्कदै गरेकी गायिक पुजा सुनुवारले ‘यो मन मेरो चोरी सकेछौ तिम्ले’ बोलको गितको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । पछिल्लो समय ‘सेल्फि टु को टिउसन पढाउँला’ भन्ने चर्चितमा गितमा स्वर दिएकी पुजाले ‘यो मन मेरो’ चोरी सकेछौ तिम्ले’को म्युजिक भिडियो आईतबार सँझा मात्र बजारमा ल्याएकी हुन । नयाँ पुस्तामा प्रतिभाशाली गायिका देखिएकी पूजाले चर्चित गितकार डिपी खनालको रचना र यूवा संगितकार तथा गायक शंकर थापा संगित रहेको छ । यस गितमा संगित संयोजन उदयराज पौडेलले गरेका छन । रोमान्टिक शैलिको यो गितको म्युजिक भिडियो आबु दुवइ विभिन्न शहरमा छायाङकन गरिएको हो ।
दुबईका ख्यातिप्राप्त नेपाली मोडेल मोहन बोगटी र सरिका सुनारको अभिनय रहेको भिडियोलाई नृत्य निर्देशक गोबिन्द राईले निर्देशन भ्याएका हुन । रोहितबिक्रम कार्की र बिरेन्द्र भट्टले छायाङकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन । दुर्गा बहादुर सुनुवारको प्रस्तुति रहेको यो भिडियोलाई डश म्युजिक प्रालि.मार्फत बजारमा ल्याइएको गायितका पुजाले जानकारी दिईन । नेपाली सुगम संगीतमा चर्चाको शिखरमा पाइला टेक्दै गरेकी गायीका पुजा सुनुवार यतिबेला आफ्नो सोलो एलबम ‘नजर’ भनेको हो । सोलो एलबमका गीतमा गायीका सुनुवारको जादुमय आवाजले श्रोता÷दर्शकहरुको मन जित्न सफल भएको छ । नजर एलबमका गीतहरु लिएर कहिले स्टेज सो त कहिले रेडियो एफ एम र पत्र पत्रिकामा छाउँदै गरेकी पनि छन । अधुनिक गायनमा सक्रिय उदयपुर कटारीकी पूजा पूर्वदेखि पश्चिमका लोकभाकामा स्वर दिइसककेकी छन । आधुनिक गीति एल्बम नजर स्रोतामाझ ल्याएकी छिन् । विद्यालय शिक्षापछि सङ्गीतका अध्ययनका लागि २०५९ सालतिर राजधानी पस्नुभएकी पूजाले प्रकाश गुरुङ र गुरुदेव कामतसँग संति सिकिन् । कटारीमै छँदा त्रिवेणी मेलामा लोकगीत सुन्ने र गाउने गरेकी पूजाले विद्यालयमा समेत गीत गाउने गर्दथिइन । जुनबेला पनि गीत गुनगुनाइरहने बुबाको प्रभाव होला निरन्तर लागिरहेको बताउँछिन ।

विद्यालय शिक्षक, साथीभाइको प्रेरणा र हौसलाले गायनतिर लागेको बताउने पूजाले ६० भन्दा बढी गीत गाइसकेकी छिन् । थारु भाषा चलचित्र दिलके टुक्रामा पनि गाएकी पूजाले भजन, राष्ट्रिय भावका गीतका साथै कलेक्सन एल्बमहरूमा गाएकी छिन् । नेपाली लोक भाका हाम्रो आप्mनै पहिचान भएको बताउनुहुने पूजाले आप्mनो गीतमा मोडलिङ पनि गरेकी छन् । यद्यपि म्युजिक भिडियोमा वर्षा राउत र रोविन विष्टले अभिनय गरेका छन् भने देवजङ्ग थापाले निर्देशन गरेका छन् । एल्बम नजरमा चारवटा गीत समावेश छन् । मेला, पर्व र महोत्सवहरूमा स्टेज कार्यक्रमबाट दर्शकको माया पाउन सफल पूजा लोकभाका पनि गाउने तर आधुनिक गीतबाट पहिचान बनाउने योजना सुनाउछिन् ।
यो मन मेरो चोरी सकेछौ तिम्ले’ बोलको गितको म्युजिक भिडियो
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

