विश्वकप २०१८ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले प्रभावशाली जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले मेसेडोनियालाई २–१ ले हराएको हो । अवे मैदानमा भएको खेलमा स्पेनलाई जिताउन डेविड सिल्भा र डिएगो कोस्टाले गोल गरे । मेसेडोनियाका लागि स्टेफान रिस्तोभस्कीले एक गोल पर्काए । स्पेनले दुवै गोल पहिलो हाफमा नै गरेको हो । १५ औं मिनेटमा सिल्भाको गोलबाट अग्रता लिएको स्पेनका लागि २७ औं मिनेटमा कोस्टाले दोस्रो गोल गरे ।

कृपया यो पेज Like गर्नु होला

६६ औं मिनेटमा मेसेडोनियाका रिस्तोभस्कीले एक गोल फर्काएपछि स्पेन २–१ ले विजयी भयो । जितपछि समूहको शीर्ष स्थानमा रहेको स्पनेको ६ खेलबाट १६ तथा दोस्रो स्थानको इटालीको पनि १६ अंक नै भएको छ ।

स्पेनका लागि गोल गरेका चेल्सीका कोस्टाले क्लबमा आफ्नो भविष्यका बारेमा आफूलाई केही थाहा नरहेको बताएका छन् । खेलपछि उनले आफ्नो भविष्यका बारेमा चेल्सीलाई नै थाहा रहेको बताएका हुन् ।

कोस्टालाई प्रशिक्षक एन्टोनी कोन्टेले एसएमएस गरेर आउँदो सिजनका लागि क्लबमा उनका लागि योजना नरहेको बताएका थिए । क्लबले के निर्णय लिन्छ भनेर आफू अहिले पर्ख र हेरको अवस्थामा रहेको कोस्टाले बताए ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया