इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब अजाक्स युरोपा लिगको फाइनलमा पुगेका छन् । 

कृपया यो पेज Like गर्नु होला

बिहीबार राति भएको युरोपा लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब सेल्टा डि भिगो विरुद्ध एक एक गोलको बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग युनाइटेडले १–० ले जितेको थियो ।  
१७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि मारोउन फेलानीले गोल गर्दै अग्रता दिलाएका थिए । तर ८५ औँ मिनेटमा सेल्टा डि भिगोका लागि रोन्साग्लीयाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसलगत्तै रोन्साग्लीया र युनाइटेडका एरिक बेली रातो कार्ड खाँदै बाहिरिएपछि दुबै टोली १० खेलाडीमा सिमित भएको थियो ।  
यस्तै अजाक्सले लियोनलाई समग्रमा ५–४ ले हराउँदै फाइनलमा पुगेको हो । दोस्रो लेगमा अजाक्स लियोनसँग ३–१ ले हारेपनि पहिलो लेग अजाक्सले ४–१ गोल अन्तरले जितेको थियो । बिहीबार राति अजाक्सलाई जित दिलाउन डोल्बर्गले २७ औँ मिनेटमा गोल गरे ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया