उदयपुर : किराती समुदायको अधिक बसोवास रहेको क्षेत्रमा किरातीहरुको महान् चाड ‘उभौली पर्व’ आज (बुधबार) देखि भव्य रुपमा सुरु भएको छ। वैशाखे पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ। आ–आफ्नो घरको कुलपितृको पूजा गर्र्ने, आफन्तबीच शुभकामना आदान–प्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाइँदै आएको किराती बुढापाकाहरुको भनाइ छ। दुई दर्जनभन्दा बढी भाषा बोल्ने किराती समुदायले यो चाडलाई आ–आफ्नै भाषा र शैलीमा मनाउने गर्दछन। पूर्वी पहाडी जिल्लामा पर्ने बसोवास गर्ने राई, लिम्बू, याक्खा र सुनुवार समुदायले विशेष रुपमा मनाउने गर्दछन्। यो चाडलाई राईले साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्याँदर भन्ने गर्छन्। राईको बसोबास रहेको उदयपुरमा बुधबार बिहानैदेखि बजारका चोकमा ढोल बजाउने र साकेला नाच्नेको लहर चलेको देख्न पाइन्थ्यो। किरातीहरूले बालिनाली लगाउने र उठाउने समयलाई उभौली र उधौलीको चाडका रूपमा मनाउने गर्छन्।
वर्षायाम लागेपछि मौसम न्यानो हुने भएकाले सम्पूर्ण जीवजन्तु तथा चराचुरुङ्गी क्रमशः बेसीबाट लेकतिर सर्ने तथा रूख विरुवामा पनि पुरानो पात झरेर नयाँ पात पलाउने हुनाले यसलाई उभौली यामका रूपमा लिएने गरेको नेकपा माओवादी केन्द्र उदयपुरका नेता तथा किराती अगुवा किरण राईले बताए। उनका अनुसार कृषि प्रणालीमा आधारित भएर जीवनयापन गरिरहेका किरातीबीच यही यामलाई आधार मानेर खेती लगाउने तथा खेतीपाती सप्रियोस् भनेर पूर्वजसँग आशीर्वाद माग्ने प्रचलन रहेको हो। किराती समुदायसँग सम्बध किरात राई याक्खा लगायतले विभिन्न सामूहिक चेतनामूलक कार्यक्रमहरुको आयोजना पनि उदयपुरका गर्दै आएको छ। किरात राई याक्खा प्रारम्भिक कमिटी उदयपुरका अध्यक्ष प्रकाश राईले गाईघाट, कटारी, बेल्टार लगायतको क्षेत्रमा साकेला शिल नचाइने भएको समेत जानकारी दिए। गत वर्षहरुको शैलीमा उदयपुरमा भव्य हुने आयोजकले जानकारी दिएको छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

