उदयपुर।बेलका नगरपालिका वडा नंं ६ (साविक कटुन्जे बबला) को सिंगो एमाले पार्टी कमिटी माओवादी केन्द्रमा समाहित भएको छ । सोमबार एक कार्यक्रम विच एमालेका जिल्ला कमिटी सदस्य र एमालेबाट निर्वाचित पूर्व गाविस अध्यक्ष लगाएत माओवादी केन्द्रमा प्रवेश गरेको हो ।
सोमबार एक कार्यक्रम विच माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुरेशकुमार राईले पार्टी प्रवेश गराएका माओवादी केन्द्र वेलका नगर समितिले जनाएको छ । पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेका पुराना नेता एव जिल्ला कमिटी सदस्य रोहिनी राई, एमालेबाट २०५४ सालको स्थानीय निर्वाचनमा विजयी एमालेका जिल्ला कमिटी सदस्य जयकृष्ण राई लगायत दुई सय जना रहेको माओवादीका नेता रमण भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार एमालेबाट दुई सय र काग्रेसबाट २० जना गरि दुई सय २० जना माओवादीमा प्रवेश गरेका हुन । एमाले परित्याग गरि माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै स्थायी समिती सदस्य हिमालले संघीयताको जननी पार्टी माओवादी भएकाले नवप्रवेसीहरुलाई स्वागत गरे । उनले भने ‘एमालेले राप्रपा सँग चुनावी तालमेल गरेर आफ्नो परिचय देखाई सकेकाले अब एकमात्र परिवर्तनकारी शक्ति माओवादी रहेकाले माओवादीमा गोलबन्द हुन सबैलाई आव्हान गर्दछु ।’
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जनप्रतिनिधी जयकृष्ण राईले सबै जातजाती र समुदायको छाता पार्टी भनेकै माओवादी केन्द्र भएकाले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन लागी पर्ने प्रतिवद्धता जनाउ । भने अर्का नवप्रवेसी रोहित राईले एमाले पार्टी भनेको प्रतिगामी पार्टी भएकाले परिवर्तनको लागि माओवादी रोज्न आफूहरु बाध्य भएको बताए ।

कृपया यो पेज Like गर्नु होला


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया