काठमाडौ  । उदयपुर तपेश्वरीकी २४ बर्षिया अनुमा चौधरी जो नेपाल आईडलको पहिलो चरणमा गोल्डेन टिकट हात पारेकी छन् र दास्रो चरणमा प्रवेश गरेकी छन् । सुमधुर स्वरकी धनी प्रतिभाशाली अनुमा चौधरीलाई जो हामी थारु समुदायको शान पनि हो । सुरुमा पप आईडलको नामले बेलायतबाट सुरु भएको थियो त्यसपश्चात अमेरिकामा मेरिकन आईडलको नामले सुरु भए पछि अस्टेलिया, न्युजील्यान्ड, अरब, इण्डोनेसिया, ल्याटिन अमेरिका, पोल्याण्ड, पाकिस्तान, ईण्डिया, आईस्ल्याण्ड आदि देशहरुमा अन्तर्राष्ट्रिय संस्करण भईसकेको छ ।

कृपया यो पेज Like गर्नु होला

कला र गलाको सम्मान अनि प्रोत्साहन गर्दै नेपालमा पनि राष्ट्रिय र स्थानिय स्तर बाट गायन प्रतियोगिता निकै हुने गरेको छ । कोहि सफल भएर प्रतियोगी तथा बिजेतालाई अवसर दिएका छन् भने कोहि नाममा मात्र सिमित रहेको उदाहरण पनि कम छैन् । यहि क्रममा हाल सम्मकै बृहत अन्तर्राष्ट्रिय स्तरको आईडल अर्थात नेपाली संगितप्रेमीको लागि नेपाल आईडल शुरु भएको छ ।

बिराटनगर, बिरगंज, चितवन, पोखरा, बुटवल, नेपालगंज र काठमाडौं गरि ७ सहरहरुबाट नेपाल आईडलको अडिसन लिइएको छ । छानिएका सबैले आईडलको अन्तराष्ट्रिय मापदण्ड अनुरुप विभिन्न ५ चरण पार गर्नुपर्ने छ । नेपालमा नेपाल आईडलको नामले संचालन हुन लागेको यो प्रतियोगिता नेपालमा हाल सम्मको बृहत र सबै भन्दा हो । निर्णायक जजको रुपमा नेपालका चर्चित न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा रहेका छन् ।

विश्वब्यापी रुपले स्थापित हुदै गएको यो आईडलको नेपाल सस्करण भने पहिलो पटक हुन लागेको हो । अब प्रतिभा जाने छैन खेर भन्ने मूल नाराको साथ नेपाल आईडलको प्रसारण एपीवान टेलिभिजनले प्रसारण गरिराखेको छ । प्रतियोगिताको बिजेताले महिन्द्राको क्युव १०० कार, २० लाख नगद र १५ लाख बराबरको एल्बम कन्ट्राक प्राप्त गर्ने छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया