काठमाडौं : पाँच पटकको विजेता बार्सिलोना च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। युभेन्टससँग पहिलो लेगमा ३-० ले हारेको बार्सिलोना दोस्रो लेगमा बराबरीमा रोकिँदा सेमीफाइनल प्रवेश गर्नबाट बञ्चित भयो। घरेलु मैदानमा गएराति भएको खेलमा बार्साले कुनै गोल गर्न सकेन। अघिल्लो चरणमा पीएसजीविरुद्ध ४-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको बार्साले यस पटक पनि चामत्कारिक प्रदर्शन गर्ने आशा समर्थकहरुलाई थियो, तर त्यस्तो हुन सकेन। यससँगै छैटौँ पटक च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपना तुहिएको छ। गएराति नै भएको अर्को बोरुसिया डर्टमुण्डलाई ३-१ ले पराजित गरेको मोनाको पनि सेमीफाइनल पुगेको छ। उसले समग्रमा ६-३ को जित निकाल्यो। गएरातिको खेलपछि प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। रियल मड्रिड, एथ्लेटिको मड्रिड, युभेन्टस र मोनाकोले सेमीफाइनलमा स्थान बनाएका छन्।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया