काठमाडौं – विगत केही बर्षदेखि नेपाली सञ्चार क्षेत्रमा अनुभव सँगाल्दै आका बिमल पराजुलीले पहिलो गीत सार्वजनिक गरेका छन् ।
सानैदेखि गीत संगीतमा रुचि भएरपनि गीत सार्वजनिक गर्न नपाएका बिमलले अन्तत आफ्नो सपनालाई साकार पारेका छन् ।
उदयपुरबाट राजधानी प्रवेश गरेसँगै उनी क्यामेरा चलाउन थाले । विभिन्न टेलिभजन, अनलाइन तथा फोटो स्टुडियोलगायतमा विभिन्न क्यामेरा चलाएको अनुभव र ज्ञान उनीसँग सुरक्षित छ । उनले विभिन्न म्यूजिक भिडियो तथा डकुमेन्ट्रीहरुमा समेत क्यामेरा चलाएका छन्
बिमल यस क्षेत्रमा पाइला टेकेर सफल भए । साथीभाइलगायत विभिन्न जनसम्पर्क कायम गरे । आर्थिक अभावको समस्या पनि टर्दै गयो र सानैदेखिको गीत गाउन चाहने सपना साकार हुँदै गयो ।
युवा गाएक जोसेफ शाही ठकुरीको शव्द तथा संगितमा बिमलले पहिलो गीत गाएका हुन् । ‘तिमीसंग भेटघाट हुने, गैसके ति दिन, फेरी किन तिम्रै याद आउँछ छिन छिन ?’ बोलमा रहेको गीतमा सुमन केसीको संगीत संयोजन रहेको छ ।
भिडीयोलाई मोहन राज अधिकारीले निर्देशन गरेका हुन । सिन्धुलीको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा बिकाश लामीछाने, रीता कार्की, धुर्ब लामीछाने, गोबिन्द पोख्रेल लगाएतको अभिनय छ ।
भिडीयोको दृश्य बिमल आफैले खिचेका छन् । गित सार्वजनिक भएसंगै नेपाली सांगीतिक क्षेत्रमा समेत बिमलको नाम थपिएको छ ।
बिमल भन्छन्, मलाई जिवनमा दुई कुराको एकदमै लत छ : ‘गायन र छायाङकन।’
यस्तो छ भिडियो :
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

