आउँदो शुक्रबार बलिउडका सुपरस्टार नायक साहरुख खान र नायिका आलिया भट्ट अभिनित चलचित्र ‘डीयर जिन्दगी’ रिलिज हुँदैछ । यो चलचित्रमा आलियाको जीवन गुरुको रुपमा साहरुखले काम गरेका छन् ।
आलिया साहरुखसँग काम गर्दा आफूले धेरै कुरा सिकेको बताउँछिन् । तर, साहरुखको एक बानी भने आफूलाई मन नपरेको आलियाको भनाई छ । आलिया भन्छिन्-‘साहरुखको बारेमा त्यस्तो नराम्रो कुरा केहि पनि छैन । तर, एउटा नराम्रो कुरा छ, जुन मैले महशुश गरेकी छु । साहरुख छायांकनमा केहि पनि खाँदैनन् ।’
आलियाले छायांकनको समयको संझना गर्दै भनिन्-‘हाम्रो सेटमा निकै शान्त वातावरण थियो । कसैलाई पनि बोल्ने अनुमति थिएन । हामीले लामा-लामा संवाद बोल्नु पर्ने थियो । सो समयमा मैले एउटा आवाज सुनेँ, जुन साहरुखको पेटबाट आएको थियो ।
यसपछि, हामीले उनलाई विस्कुट खान दियौ । साहरुख निकै धेरै कफि पिउँछन् । म पनि कफि धेरै पिउँछु, तर खाना पनि खान्छु । उनी कफि मात्र पिउँछन् । मलाई उनको यो बानीले निराश बनायो र मैले खाना पनि खान सल्लाहा दिएँ ।’
गौरी सिन्धेको निर्देशनमा तयार भएको यो चलचित्रले जीवनको बारेमा कथा भन्ने आलियाको भनाई छ । साहरुखसँग आफू खुलेर कुरा गर्ने र हरेक कुरा शेयर गर्न सक्ने यी सुन्दरीले बताइन् । आलियाले ‘डीयर जीन्दगी’ आफ्नो करिअरका लागि नै विशेष चलचित्र भएको बताइन् ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

