रेड कार्पेट होस् या कुनै सार्वजनिक कार्यक्रम नै किन नहोस् । पहिरनले हंगामा मच्चाउने कुरामा कार्दशियन दिदी-बहिनी निकै अगाडि छन् । रियालिटी स्टारको दुनियाँमा रमाएका उनीहरु घर बाहिर निस्केपछि समाचारमा बनिरहन्छन् ।
कटेर्नी र ख्लोई कार्दशियनले पहिरनमा किम कार्दशियनलाई नै उछिन्छन् । किमका पति कान्य वेष्ट अहिले अस्पताल भर्ना भएका छन् । तर, यसले यी दुई सुन्दरीलाई कुनै असर गरेको छैन । स्टार स्टूडेड च्यारेटी इभेन्टमा पुगेका यी दुइको पारदर्शी पहिरन कार्यक्रमको सवैभन्दा बढी हाइलाइटमा रहन पुग्यो । न्यूयोर्कमा सोमबार बेलुकी आयोजित कार्यक्रममा कटेर्नी र ख्लोइले निकै खुलेको पहिरन लगाएका थिए ।




Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

