कटारी चैत्र २४

कटारी नगरपालिकाको कटारी बजारमा रहेको युके एफएम १०६.८ मेघाहर्जमा आवद्ध सञ्चारकर्मी सञ्जु राउतको दुखद निधन भएको छ । उदयपुर जिल्लाको गहुँवारिमा गएको पुस २२ गते भएको दुखत जिप दुर्घटनाको म्युजिक भिडियोमा मृत्यु भएको अभिनय गरेका हुन ।
आफन्त र नरनता पर्ने स्थानी ३ जनाको मृत्यु र ५ जना घाईते भएको गहुँबारी जीप दुर्घटनाको काहानीमा निर्माण गरिएको ‘खुसी के नै रह्यो र ?’ बोलको गितमा दुर्घटनापछि सञ्चारकर्मी सञ्जुलेले पनि प्राण त्याग गरेका डरलाग्दो अभिनय गरेका छन् ।
सञ्चार क्षेत्रसँगै पछिल्लो समयमा कलाकारिता क्षेत्रमा समेत अग्रर सञ्जुले मृर्तको अभिनयमा प्राण त्याग गरेको दृश्य मार्मिक मात्र छैन भाबुक पनि छ । दुर्घटनामा परी मृत्यु भएका जीप मालिक तथा चालक टंक बस्नेतको काल्पानिक पात्र बनेर अभिनय गरेका सञ्जुको अभियन हेर्दा जो कोही पनि आँखाभरी आँशुको धार बगाउने छ । सञ्जु एक प्रतिनिधि पात्र मात्र हुन ।
स्थानीय स्तरबाट सञ्चार तथा मोडलिङ क्षेत्रमा होमिएका सन्जुको यस अभिनय रहेको गितमा प्रकाश राउत र टीका पुनको सुमधुर आवाजमा सजिएको छ । उक्त गीतमा केशव बस्नेतको शब्द, अनिसा तामाङको थेगो र अम्मर जिसिको संगीत रहेको छ । दुर्घटना घट्ना स्थल गहुँबारिमा नै पुगेर छायांकन गरिएको उक्त म्युजिक भिडियो कटारीको मरुवा खोला आसपासमा पनि छायांकन गरिएको छ । कृष्ण पौडेल द्वारा निदे्िशत यो भिडियोमा सुजन श्रेष्ठले छायङकन गरेका हुन ।
उक्त सत्य घटनामा आधारित गीतको भिडियोमा एक मृतक पात्रको अकालमै ज्यान गएको सन्जुलाई मोडल प्रमिला कार्कीले साथ दिइएकी छिन् ।
। https://www.youtube.com/watch?v=ECx18OxHeDc

कृपया यो पेज Like गर्नु होला


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया