इलाम, चैत १८

कृपया यो पेज Like गर्नु होला

विहिबार   देखि इलाममा शुरु भएको तेस्रो माइभ्याली गोल्डकपको उद्घाटन खेलको नेपाल पत्रकार महासंघले बहिस्कार गरेको छ । महासंघलाई संस्थागत आतिथ्यताका लागि निमन्त्रणा गरेर आयोजक माइभ्याली फूटबल क्लब र जिल्ला फूटबल संघले उद्घाटन सत्रको कार्यक्रममा पत्रकार महासंघको अस्तित्व स्वीकार नगरेको भन्दै महासंघले आजको खेल बहि
स्कार गरेको जनाएको छ । महासंघको आजै बसेको बैठपछि एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले संस्थागत अस्तित्वकालागि पत्रकारहरुलाई कम आँक्ने गरि व्यवहार गरेको उल्लेख गरेको छ । महासंघ अध्यक्ष कोकिला ढकालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उद्घाटन सत्र र उद्घाटन खेलका कुनै पनि समाचार प्रकाशन प्रशारण नगर्न महासंघ संम्बद्ध सबै पत्रकारहरुलाई निर्देशित गरिएको उल्लेख छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया