काठमाडौं चैत १७ : एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। लगातार दुई हारपछि प्रतियोगिताबाट बाहिरीसकेका यी दुवै टोलीका लागि प्रतियोगितामा यो नै अन्तिम खेल हो। सान्त्वना जितको खोजीमा रहेको नेपालले शेख कमाल इन्टरनेशन स्टेडियममा टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको छ। प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान तथा दोस्रो खेलमा बंगलादेशको २३ वर्षमुनिको टिमसँग पराजित भएको थियो।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया