चैत १५ – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई चार खेलको प्रतिबन्ध लागेको छ । उनलाई ८ हजार १ सय पाउण्ड जरिवान पनि गरिने भएको छ ।

कृपया यो पेज Like गर्नु होला

विश्वकप २०१८ को छनौट अन्तर्गत गएको शुक्रबार बिहान चिलीसँगको खेलमा मेस्सीले लाइन्स म्यानसँग अभद्र व्यवहार गरेका थिए । उनले नराम्रा शब्द प्रयोग गरेर गाली गरेका थिए ।

अभद्र व्यबहारका कारण मेस्सीलाई चार खेलमा निलम्बन गरिएको हो । शुक्रबार बिहानको खेलमा मेस्सीले अर्जेन्टिनाका लागि विजयी गोल गरेका थिए । मेस्सी दोस्रो हाफमा लाइन्स म्यान मार्सेलो भानन गास्सीलाई अपशब्द प्रयोग गरेका थिए । यसले गर्दा अर्जेन्टिनाले बुधबार बोलिभियासँग खेल्ने खेल पनि मेस्सीले गुमाएका छन् । मेस्सी विरुद्धको सोमबार कोनमेबोलमा आरोप दर्ता भएको थियो । दक्षिणी अमेरिकी क्षेत्रको फुटबलको प्रशासकीय निकाय कोनमेबोलको अनुशासन कमिटिले अनुसन्धान गरेर मेस्सीमाथि ४ खेलको प्रतिबन्ध लगाएको हो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया