उदयपुर, वैशाख ८

कृपया यो पेज Like गर्नु होला

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा मंगलबार बिहान आगलागीबाट मृत्यु भएकाहरूको पहिचान खुलेको छ ।

 स्थानीय पदम खड्काको घरबाट सुरु भएको आगलागीमा परी उनका बुवा करिब ७० वर्षीय लक्ष्मी नारायण खड्का र नाति करिब ३० वर्षीय पवन खड्काको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले जानकदिनुभयो ।

मंगलबार बिहान करिब ३:२० बजे दुई जनाको जलेर मृत्यु भएको थियो भने करिब ६३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट रबिन कुमार दासको काठको घर तथा किराना पसलमा करिब २० लाख रुपैयाँ, पदम खड्काको घर र दुई वटा खसीसहित करिब ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यसैगरी सोही घरमा सञ्चालनमा रहेको मित्र थापामगरको स्टेशनरी पसलमा करिब ६ लाख रुपैयाँ, होमबहादुर परियारको ट्रेलरमा करिब २ लाख रुपैयाँ तथा मैया पौडेलको चटपटे पसलसहित अन्य सामानमा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी नायव उपरीक्षक निरञ्जन थापाको कमाण्डमा प्रहरी टोली खटिएको थियो। सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान ५:३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव नगर अस्पताल बेल्टारको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया