
अन्जनी कुमार अधिकारी
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकामा सुरु भएको ७औं संस्करणको चौदण्डीगढी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ ।
बिहिबार भएको उद्घाटन खेलमा वडा नम्बर ९ लाई ० का बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ विजयी भएको हो ।
वडा नम्बर ५ को जितका लागि जर्सी नम्बर ९ का प्रताप चौधरीले खेलको १९ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २५औं मिनेटमा प्रताप चौधरीले नै दोस्रो गोल गर्दै आफ्नो टिमलाई २ – ० को अवस्थामा पुर्याएका थिए ।
खेलको दोस्रो हाल्पÞm दुवै टोलीबाट गोल हुन नसकेपछि वडा नम्बर ५ वडा नम्बर ९ लाई ० का बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ५ का प्रताप चौधरी म्यान अफ द म्याच भएका थिए ।
७औं संस्करणको चौदण्डीगढी मेयर कप बिहिबार नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमका बीच पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । खेल उद्घाटन समारोहमा उपमेयर मणिकादेवी दुलाल, पुर्व नगर प्रमुख खगेन्द्र राई, वडा अध्यक्षहरु स्थानीय लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्तर्गत भोली शुक्रबार दुई खेल हुने छ । पहिलो खेल दिउँसो १ बजे वडा नम्बर ८ र वडा नम्बर १० बीच हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नम्बर ४ र वडा नम्बर ६ बीच हुने चौदण्डीगढी नगर खेलकुद विकास समितिका सचिव भास्कर चौधरीले जानकारी दिनु भयो ।
प्रतियोगिताका तस्बिर हेर्न यो लिन्क खोल्नु होस् र पेज लाइक तथा फलो गर्नु होस् : https://www.facebook.com/share/p/1AmsBBu7bL/
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

