उदयपुरका युवा नव प्रतिभा तथा लोक गायक युवराज कोईरालाले आफ्नो दोस्रो एल्बम ‘त्रियुगाको पुलमा’ बजारमा ल्याएका छन ।
पहिलो एल्बम ‘जीवन साथी’ को सफलता पछि युवराजले लोक भाका त्रियुगाको पुल नामक गीती एल्बम ल्याएका हुन । नयाँ एल्बममा युवराज कोईरालाको स्वरमा गायिका सृजना वर्देवाले साथ दिएकी छिन । तिम्लाई लिन आउछु पुर्व जाने रेलमा…, पर्खी बस सोल्टीनी त्रियुगाको पुलमा पूर्वेली भाकामा रहेको उक्त गित राजकुमारी योन्जनले रचना गरेकी हुन भने शंकर योन्जनको लय रहेको छ । गितमा उदयपुरको ऐतिहासिक तथा भौगोलिक क्षेत्रलाई समेटिएको छ ।
सानै देखिको नेपाली गीत संगीत प्रतिको माया मोहलाई गायक कोईरालाले लोक गितको माध्यमबाट पस्केका छन । २०४९ सालमा उदयपुरको विकट पहाडी गाविस जाँतेको मिनासिकामा जन्मिएका युवा लोक गायक कोईरालाले आफ्नै शब्द संकलन र आफ्नै स्वरमा गजरकोटे क्रिलयशन मार्फत असल जिबन साथी बोलको गित बजारमा ल्याएका थिए । असल जीवन साथीको अपार सफलता पछि उदयपुर जोगिदहका शकर योन्जनको सहयोगमा उत्कृष्ट पुर्वेली गित त्रियुगाको पुलमा एल्बम बजारमा ल्याउन सफल भएको गायक कोईरालाले बताए । ‘लोक संस्कृतीको जर्गेना गर्नको लागि मैले दोस्रो एल्बम ल्याएको हो ।’ गायक कोईरालाले भने ‘नयाँ एल्बममा रहेको पर्खिबस सोल्टीनी त्रियुगाको पुलमा बोलको गीतमा उत्कृष्ट शब्द र संगित रहेकाले एक पटक सुनिसके पछि सुनिरहौं लाग्ने खालेको रहेको छ ।’
सदैब नेपाली गीत संगीतलाई नै अंगालेर अगाडी बढ्ने र यसमा नै आफ्नो जीवन व्यतित गर्ने उनको भनाई रहेको छ । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने उनले यति बेला आफ्नो गीतको म्यूजिक भिडियोको पनि तयारी गरिरहेका छन् ।
गायक कोईरालाले देशमा तथा बिदेशमा रहनु भएका दर्शक श्रोताहरुलाई जहाँ रहे पनि नेपाली कला र गीत संगीतलाई माया अनि सम्मान गरिदिनुहोस र आफ्नो प्रतिभाको सहि ढंगले मुल्यांकन गरि त्यहाँ भएका कमि कमजोरहरुलाई औल्याएर सल्लाह सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन अनुरोध समेत गरेका छन् ।
जिल्लाको दुर्गम गाउमा जन्म भई गायन कला मार्फत आफ्नो पहिचान बनाउने बाटोमा लागेको लोक गायक युवराज कोईरालाई गाउँपालिका डट कमको तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ ।
मनै फाटे मायाले जतन गरि सिउला
जुनी जुनी जुनी सयौ जुनी जिउला
झुम्यो झुम्यो भमँरा लालिगुराँस फुलमा
तिम्लाई लिन आउछु पुर्व जाने रेलमा
पर्खी बस सोल्टीनी त्रियुगाको पुलमा
हेर हेर माझखर्क कुम जोडेर जाउला
उतै तिर बसी चोखो माया लाउला
झुम्यो भुम्यो भमरा लालिगुराँस फुलमा
मलाई लिन आउनु पुर्व जाने रेलमा
पर्खी बस्छु सोल्टी ज्यू त्रियुगाको पुलमा
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

