कृपया यो पेज Like गर्नु होला

काठमाडौं । प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी जारी गर्ने र नेपाल खबर तथा बिजमाण्डू मिडियाका समाचार सामग्रीमाथि रोक लगाउने अदालतको आदेशलाई प्रेस स्वतन्त्रतामाथि अङ्कुशको रूपमा व्याख्या गर्दै गम्भीर आपत्ति जनाएको छ।

संवाद डबलीमा आफ्नो धारणा सार्वजनिक गर्दै चौतारीका अध्यक्ष गणेश पाण्डेले अदालतको प्रारम्भिक आदेशले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार गरेको उल्लेख गर्दै सो आदेश संविधान र विधिको मर्मअनुसार सुधार गरिनुपने भनेर बताउनुभएको छ ।
अध्यक्ष पाण्डेले पत्रकारहरू मर्यादित र जवाफदेही हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जाल र पत्रकारिता फरक विषय भएको स्पष्ट समेत पार्नुभयो । ‘सामाजिक सञ्जालमा भएको गतिविधिलाई पत्रकारितासँग जोडेर मूल्याङ्कन गर्नु उचित होइन,’ पाण्डेले भन्नुभयो ।

उहाँले प्रेस काउन्सिल नेपाललाई बलियो नबनाएको कारण यस्ता परिणाम देखा परेको भनेर समेत बताउनुभयो ।
‘अदालतले आदेश दिन्छ, त्यसको दोष सरकार वा कार्यपालिकालाई दिँदा घटनाको राजनीतिकरण हुने खतरा बढ्छ र यसले गलत ध्रुवीकरण निम्त्याउन सक्छ।’ भनेर बताउनुभयो ।

हाम्रो पेशा नै सत्य र तथ्य वोल्ने हो भन्दै सत्यतामा टेकेर आफ्ना माग राख्न आग्रह समेत गरि राज्य संयमित हुनुपर्छ, प्रेस जवाफदेही हुनुपर्छ भनेर समेत बताउनुभयो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया