कृपया यो पेज Like गर्नु होला

उदयपुर । उदयपुरस्थित प्याराडाइज सेकेन्डरी स्कूलका दुई पूर्वविद्यार्थी सरकारी सेवाको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्दै वन अधिकृत बन्न सफल भएका छन्।

एस.एल.सी. ब्याच २०६८ की अमृता रौनियारले मधेस प्रदेशबाट तथा २०६९ की बिनीता खड्काले कोसी प्रदेशबाट वन सेवा, जनरल फरेष्ट्री समूहअन्तर्गत अधिकृत सातौं तहमा उत्तीर्ण गर्दै वन अधिकृत पदमा नाम निकाल्नुभएको हो।

विद्यालयका प्रिन्सिपल बाबुराम आचार्यले यो उपलब्धिलाई विद्यालयका लागि गर्वको विषय भएको बताउँदै अमृता र बिनीतालाई उज्ज्वल भविष्यको शुभकामना दिनुभएको छ। विद्यालयका पूर्वविद्यार्थीहरू विभिन्न क्षेत्रमा सफलता हात पारिरहेका बेला अमृता र बिनीताको यो सफलता नयाँ पुस्ताका विद्यार्थीहरूका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ।

अमृता रौनियार र बिनीता खड्का दुवैजनाले आफ्नो सफलताको श्रेय कडा परिश्रम, निरन्तर प्रयास र परिवार तथा विद्यालयको साथ र समर्थनलाई दिनुभएको छ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया