बेल्टार। चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजना संचालित दुई दिने अन्तर बिद्यालय स्तरीय ह्याण्डबल प्रतियोगिताको आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख कालुमान लामाले समापन गर्नु भएको छ ।
नगर भित्र सामुदायिक र संस्थागत विद्यालयका माहिला खेलाडी र पुरुष खेलाडीको छुट्टाछुट्टै टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । महिला टिममा नारद आदर्श मा.वि. बर्षेडांडा, पुमा आवासीय मा.वि. बेल्टार, जनता मा.वि. हडिया, सगरमाथा आवासीय मा.वि. बेल्टार, ज्योति मा.वि. बेल्टार, र भूपू सैनिक आवासीय मा.वि. बेल्टार बीच प्रतिस्पर्धा भएको थियो भने पुरुष टिम तर्फ पुमा आवासीय मा.वि. बेल्टार, जनता मा.वि. हडिया, भूपू सैनिक आवासीय मा.वि. बेल्टार, नारद आदर्श मा.वि. बर्षेडांडा, ज्योति मा.वि. बेल्टार, मेरिगोल्ड आवासीय मा.वि. भुल्के र सगरमाथा आवासीय मा.वि. बेल्टार बीच प्रतिस्पर्धा भएको थियो ।
चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोग तथा उदयपुर जिल्ला ह्याण्डबल संघ उदयपुरको समन्वयमा प्रतियोगिता सम्पन्न गरिएको चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिका सचिव भास्कर चौधरीले जानकारी दिनु भयो ।
प्रतियोगिता अन्तर्गत महिला तर्फ नारद आदर्श मा.वि. बर्षेडांडा र पुरुष तर्फ पुमा आवासीय मा.वि. बेल्टारले प्रथम स्थान हाँसिल गर्न सफल भए । महिला टोलि तर्फ नारद आदर्श मा.वि.का खेलाडीहरुले भूपू सैनिक आवासीय मा.वि. का खेलाडीलाई पराजित गर्दै प्रथम हुन् सफल भएका थिए भने पुरुष तर्फ पुमा आवासीय मा.वि. का खेलाडीहरुले ज्योति मा.वि. का खेलाडीलाई पराजित गर्दै प्रथम स्थल सुरक्षित गरेका थिए ।
प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने टिमलाई नगद १५/१५ हजार र द्वितीय स्थान हाँसिल गर्ने टिमलाई नगद १०/१० हजार सहित शिल्ड मेडल र सम्मान पत्र प्रदान गरिएको थियो .
प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने र द्वितीय स्थान हाँसिल गर्ने टिमका खेलाडीहरुलाई समापन कार्यक्रमका बीच नगर प्रमुख लामाले पुरस्कार वितरण गर्नु भएको थियो ।
समापन कार्यक्रममा नगर प्रबक्ता प्रकाश राउत, शिक्षा शाखा प्रमुख रामेश्वर कुँवर, वडा अध्यक्षहरु वडा नम्बर १, ४, ५, ६ क्रमशः सिताराम राई, लुङ्गाराज राई, तुलसीराम ढकाल, अम्बर बहादुर खड्का, वडा सदस्य कमल कार्की, प्रेस चौतारी नेपाल उदयपुरका अध्यक्ष अन्जनी कुमार अधिकारी, युवा समाजसेवीहरु सन्तोष बस्नेत, किशोर ताम्राकार, भिम परियार, बिक्रम राई विभिन्न बिधालयका प्रध्यानाध्यापकहरु, खेल शिक्षक लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रथम स्थान हाँसिल गर्ने पुरुष तर्फ पुमा आवासीय मा.वि.का गोला रक्षकलाई महिला ह्याण्डबलका प्रशिक्षक बिन्दा थापाले एक जोर जर्सी प्रदान गर्नु भएको थियो ।
समापन समारोह चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम उदयपुर जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष विदुर राईले संचालन गर्नु भएको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.