oplus_2

उदयपुर – ग्रामीण वातावरण विकास केन्द्र (रेड्सी), उदयपुरले त्रियुगा नगरपालिका-१३ मा अवस्थित श्री आधारभूत विद्यालयलाई कम्प्युटर तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित एक समारोहबीच रेड्सीले विद्यालयलाई एक थान कम्प्युटर, शब्दकोष, टेबललगायत करिब एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो।

कृपया यो पेज Like गर्नु होला

रेड्सीका अध्यक्ष प्रमेश्वर घिमिरेले यी सामग्रीले विद्यार्थी र विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भने, “हाम्रो उद्देश्य ग्रामीण क्षेत्रका विद्यालयहरूलाई प्राविधिक र शैक्षिक रूपमा सक्षम बनाउनु हो। यी सामग्रीले विद्यार्थीहरूलाई आधुनिक शिक्षण विधिमा पहुँच पुर्‍याउन सहयोग गर्नेछ।”

कार्यक्रममा पूर्व प्रदेश सदस्य अम्बिका थापा, समाजसेवी वकिल बैकुण्ठ दाहाल र शिव रेग्मीको पनि उपस्थिति रहेको थियो। उनीहरूले रेड्सीको यो प्रयासले स्थानीय शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए। थापाले भनिन्, “शिक्षा नै विकासको आधार हो, र यस्ता सहयोगले विद्यार्थीहरूलाई नयाँ अवसर प्रदान गर्नेछ।”

विद्यालयका प्रधानाध्यापकले हस्तान्तरित सामग्रीले शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउन र विद्यार्थीहरूको सिकाइमा सुधार ल्याउन सहयोग पुग्ने बताए। यो सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई प्राविधिक ज्ञान र शैक्षिक स्रोतमा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया