अन्जनी कुमार अधिकारी
उदयपुर। नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) उदयपुरको जिल्ला कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ ।
बुधबार सम्पन्न सातौँ जिल्ला सम्मेलनबाट अनेम संघको जिल्ला कार्यसमितिलाई नै निर्विरोध चयन गरिएको हो । समितिको अध्यक्षमा पुनः महेश्वरी राई निर्विरोध चयन हुनु भएको हो । राई यस अघि पनि अनेम संघ उदयपुरको अध्यक्ष हुनुहुन्थ्यो ।
राईको अध्यक्षतामा ७५ सदस्य कमिटि निर्विरोध निर्वाचत भएको नेकपा एमाले जन संगठन समन्वय संयन्त्र उदयपुरका प्रमुख हेम खड्काले जानकारी दिनु भयो । खड्काका अनुसार समितिको उपाध्यक्षमा द्वय गीता खड्का र किशोरी हुज्दार, सचिवमा शोभा दाहाल, सह–सचिवमा द्वय कुमारी आले र बिमला बि.क., कोषाध्यक्षमा लक्ष्मी बन्जारा निर्विरोध निर्वाचित भएका हुन ।
नवनिर्वाचित अध्यक्ष महेश्वरी राईले आफु नेतृत्वको समितिले नयाँ सदस्यता दिने, पुरानो सदस्यता नवीकरण गर्दै संगठन बिस्तार र मजवुत संगठन निर्माण गरेर लैजाने बताइन ।
बुधबार अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले अनेमसंघ उदयपुरको सातौँ जिल्ला सम्मेलनको उद्घाटन गर्नु भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया