अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुरको चौदण्डीगढी नगर ६ बेल्टार लाफाचोकका युवाहरुले नयाँ वर्षको पहिलो दिन बेल्टार बजार तताएका छन। उनीहरुले बैशाख १ गते नयाँ वर्षको दिन भब्यरुपमा साङ्गितिक कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०८२ को स्वागत गरेका हुन ।
नयाँ बर्षको पहिलो दिन बैशाख १ गते सोमबार बेल्टार बजारको लाफा चौक चतरा लाईनका युवाहरुले सम्भवत पहिलो पटक भव्यरुपमा साङ्गितिक कार्यक्रमको आयोजना गरी नयाँ बर्षलाई स्वागत गरेका हुन् ।
लाफाचोक चतरा लाईन युवा समुहको आयोजनामा भएको कार्यक्रममा स्थानीय गायक, गायिका तथा संगीतकार र नृत्यकारहरु आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चौदण्डीगढी नगर गानका गायक शशीचन्द्र राई , भोइस अफ नेपालका सहभागी दिपक गजमेर, उदयपुर आईडल सन्जिना राई , भोईस अफ किड्सकी सहभागी एलजिना राई, बियानो म्युजिक एकेडेमीका कलाकार तथा उदयपुर डान्स स्टुडियोका कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
स्थानीय स्तरका कलाकारहरु मात्र समाबेश गरेर स्थानीय स्तरमा आयोजना गरिएको सांगीतिक कार्यक्रम यो पहिलो रहेको स्थानीयहरुले बताएका छन ।
पछिल्लो समय चौदण्डीगढी नगरपालिका क्षेत्रका युवाहरु पनि गीत संगीतको क्षेत्रमा अगाडि आईरहेको अबस्थामा यस किसिमको कार्यक्रमले उनिहरुका लागी महत्त्वपूर्ण प्लेटफर्म प्रदान हुने र उनिहरुलाई समाजप्रति उत्तरदायित्व बनाउने बिश्वास गरिएको छ ।
स्थानीय युवाहरु द्वारा आयोजित साङ्गितिक कार्यक्रमको नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई, वडा नं. ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले संयुक्तरुपमा उद्घाटन गरेक थिए। कार्यक्रममा नगर प्रमुख लामाले शुभकामना मन्तव्य राख्दै आफू जनप्रतिनिधि भएपछि रातिको कार्यक्रममा पहिलोपटक उपस्तिथि भएको भन्दै आफू स्थानिय कलाकारको प्रवर्द्धनका लागि उपस्तिथि भएको समेत बताउनु भयो । मेयर लामाले सांगीतिक माहोल तताउन गीत समेत गाउनु भएको थियो। कार्यक्रममा स्थानीयहरुको ठुलो संख्यामा उपस्तिथि रहेको थियो ।
कार्यक्रममा उदयपुर डान्स स्टुडियोका संचालक नृत्य निर्देशक प्रेमजंग किराँतीले संचालन गर्नु भएको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.