बेल्टार। नयाँ वर्षको उपलक्ष्यमा हरेक बर्ष मेला लाग्दै आएको उदयपुरको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे स्थित धार्मिक तीर्थस्थल थानपोखरी मन्दिरमा भक्तजनहरूका लागि निशुल्क पानी वितरण गरिएको छ ।
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ वडा कमिटि थानपोखरी मन्दिरमा आउने दर्शनार्थीहरूका लागि निशुल्क पानी वितरण गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीले केन्द्रीय कोषाध्यक्ष राकेश राईको उपस्थितिमा ५० कार्टुन मिनरल वाटर (पानी) वितरण गरेको हो ।
पानी वितरण कार्यक्रममा नेकपा एमाले उदयपुरका सचिवालय सदस्य तथा चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रकाश राउत, राष्ट्रिय युवा संघ उदयपुरका सचिव अनुपराज खत्री, चौदण्डीगढी अध्यक्ष भुवन राई लगायत राष्ट्रिय युवा संघ नेपाल संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।
लामो इतिहास बोकेको थानपोखरी मन्दिर वि.सं. १८२५ मा निर्मित र धार्मिक पोखरीको रुपमा परिचित देवस्थल विशेषगरि आदिवासी थारू जातिको आस्था र विश्वासको धरोहर हो ।
अनिकाल, महामारी, रोग व्याधि, निःसन्तान, ठूला घाउ खटिरा आएमा वा आफूलाई कुनै संकट पर्दा/हुँदा भाकल गर्ने र मनकामना सिद्ध भएपछि भाकल पूरा गर्नेहरुको नयाँ बर्ष (वैशाख १ गते) यहाँ लर्को लाग्ने गरेको छ । प्रत्येक वर्ष वैशाख १ गते यो स्थानमा उदयपुर, सिराहा, सप्तरी, सुनसरी र भारतबाट समेत भक्तजनहरु तीर्थाटनका लागि पुग्ने गर्दछन् ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया