दमकमा एमालेले आयोजना गरेको विशाल जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई स्थिरता र स्थायित्व चाहिएको बताउनुभएको हो । उहाँले विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा गरिरहेको बताउनुभयो । राजनीति भनेका थाहै नपाएका ढुंगा हान्न जानेकाले देश चलाउछु भनेर उधुम मच्चाएको बताउनुभयो । ड्राइभिंग चलाउन नजानेकोले राम्रोसँग गाडी चलाउछु भनेर जनतालाई छक्याएको बताउनुभयो ।
दुईचार मान्छेले राजा फर्काउछौं भन्दा गाडीको हुटमा चढेर हात हल्लाउदै हिडेको पनि देखियो प्रधानमन्त्री ओलीले भन्नुभयो यी कस्ता तत्व हुन् भन्ने कुरा चैत १५ गते काठमाडौंको तीनकुनेमा देखियो । ठुला कुरा गर्नेहरु रक्सी चोर्दै भाग्दै हिडेका,स्याउ चोर्दै हिडेका देखियो । राजा फर्काउने र तिनीहरु मन्त्री प्रधामन्त्री बनउने र त्यस्तालाई मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई बनाउदा राम्रो हुन्छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया