कृपया यो पेज Like गर्नु होला

गाईघाट। उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति गठन गरिएको छ ।

सोमबार भएको क्याम्पस सभा तथा ७औं अधिबेशनले नयाँ संचालक समिति सर्वसम्मतका साथमा गठन गरेको हो । नव गठित समितिको अध्यक्षमा वृषबहादुर तामाङ, उपाध्यक्षमा परमेश्वर घिमिरे चयन हुनु भएको छ ।

समितिको सदस्यहरुमा प्रमिला राई, भिमबहादुर बिश्वकर्मा, दुर्गा कुमार थापा “स्वस्ती” ललित साह, प्रकाश कुमार खड्का, मन्जुकुमारी चौधरी, ज्ञानबहादुर बस्नेत, सुनिता चौधरी, टेकबहादुर राउत र मोहन बहादुर राउत चयन हुनु भएको हो ।

सोमबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले त्रियुगा जनता बहुमुखी क्याम्पसको क्याम्पस सभा तथा ७औं अधिबेशनको एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको थियो । क्याम्पस सभा तथा अधिबेशनको उद्घाटन गर्दै मन्त्री राईले जनता बहुमुखी क्याम्पस उदयपुर प्रदेशकै उत्कृष्ट शैक्षिक धरोहरका रुपमा रहेको यस क्याम्पसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद अम्बर बहादुर रायमाझीले उदयपुरको उच्च शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउदै आएको त्रियुगा जनता बहुमुखी क्याम्पसलाई सबैको सामुहिक प्रयासबाट समय सापेक्ष रुपमा स्तर उन्नति गर्दै जानू पर्ने धारणा राख्नु पर्यो ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको सोमबार सम्पन्न उद्घाटन सत्रको अध्यक्षता संचालक समिति अध्यक्ष मीनबहादुर ज्यूठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो भए अधिबेशनको बन्द सत्रको अध्यक्षता क्याम्पस सल्लाहकार समिति संयोजक महेन्द्र राईले गर्नु भएको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया