अन्जनी कुमार अधिकारी
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका ८ बिरेन्द्रबजारका युवाहरु खेल मैदान निर्माणमा जुट्न थालेका छन ।
उनीहरुले बजार क्षेत्रमा रहेको खेल मैदानको स्तरोन्नति गर्दै उक्त मैदानलाई फुटबल खेल्ने मैदानका रुपमा बिकास गर्ने अभियान संचालन गरेका हुन । स्थानीय युवाहरुले आफ्नो गाउँका खेलाडीहरुलाई थप खेलकुदमा अभिरुची बढाउने, युवाहरुको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्ने र भविष्यमा खेलकुदमार्फत आफ्नो र गाउँकै प्रतिष्ठा बढाउने उद्देश्यले फुटबल मैदान निर्माण गर्ने योजना तयार गरे काम सुरु गरेका छन। स्थानीय युवाहरुले आफ्नै गाउँ टोलमा फुटबल खेल मैदान निर्माण गर्न अहिले अभियान नै संचालन गरेका छन । उनीहरुले अहिले अभियानमा जोडिन चाहनेहरुलाई स्थानीय स्तरमा बिबस राई , बिजय राई, बिजय बस्नेत र बिरेन्द्रबजार स्थायी घर भएका मनराज राई (हाल काठमाडौँ), विदुर राई (हाल पोर्चुगल), भुपेन्द्र राई (हाल दुबई), आशिष आले मगर (हाल मलेशिया), विकल खड्का (हाल साउदी), सबिन रानामगर (हाल फ्रान्स) र सिलास राई (हाल माल्दिभ्स)लाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन ।
स्थानीय युवाहरुको सकृयतामा सुरु भएको यस योजनाले बिरेन्द्रबजारका युवाहरुलाई खेलकुदको क्षेत्रमा प्रोत्साहन दिनुका साथै उनीहरुको प्रतिभालाई निखार्ने र समुदायमा सकारात्मक प्रभाव पार्न यो अभियान संचालन गरेको बताएका छन । यो अभियान सफल भए खेल मैदान मात्र निर्माण नहुने यसले खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने र यसले समाजलाई समेत एकताबद्ध बनाउने अपेक्षा लिएको स्थानीय युवा बिबस राईले बताए ।
उनीहरुको यस अभियानमा अहिले सम्म स्थानीय जितबहादुर मगरले ३० हजार, मनराज राईले २० हजार, विदुर मगर ले २० हजार एक सय, विकल खड्काले ८ हजार, मोहन भुजेलले ८ हजार र विजय बस्नेतले ५ हजार सहयोग गरेका छन ।
स्थानीय युवाहरुले यस महान अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन । युवाहरुले सानो वा ठूलो जस्तोसुकै सहयोगले पनि आफुहरुको लक्ष्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया