गाईघाट । उदयपुर जिल्ला स्तरीय प्रथम महिला डबल्स व्याडमिन्टन प्रतियोगितामा नितिशा रैका मगर र शिला राईको जोडी प्रथम भएको छ ।
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १८ औं बार्षिक उत्सवको अवसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा मगर र राईको जोडीले उपाधी जितेको हो ।
बोक्से स्थित कवर्डहलमा जारी प्रतियोगितामा सुस्मिता खत्री र समृद्धि राईको जोडीले द्धितिय स्थान हासिल गर्न सफल भयो । त्यसैगरी नानु राई र पूर्णिमा सेन्चुरी, र राम कुमारी राई र यशोदा राईको जोडीले तृतिय स्थान हासिल गरेको महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यक्रम संयोजक सुजता सुवेदीले जानकारी दिनु भयो ।
कार्यक्रम संयोजक सुवेदीका अनुसार प्रथम हुने जोडिलाई नगद १० हजार सहित मेडल, कप र प्रमाण पत्र, द्धितिय हुनेलाई नगद आठ हजार र तृतीय हुनेलाई नगद पाँच हजारको दरले पुरस्कृत गरिएको छ ।
विजयीहरुलाई सोमबार साँझ रत्ना रिसोर्टमा आयोजित बार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा विजयी युवा महिला खेलाडीलाई कोशी प्रदेश उपसभामुख सृजना दनुवारले नगद, मेडल र शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ ।
कार्यक्रममा बेलका नगरपालिकाका पूर्व मेयर दुर्गाकुमार थापा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, पत्रकार महासंघ उदयपुरका सचिव तुलसी कोईराला, गैसस महासंघका अध्यक्ष सृजना पौडेल, मानव अधिकार एलाईन्सका अध्यक्ष माधव पराजुली, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष कालीदाश राई लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले संस्थाको बारेमा संक्षिप्त कुरा राख्नु भएको थियो भने संचालन केन्द्रका कार्यक्रममा संयोजक सुजता सुवेदीले संचालन गर्नु भएको थियो ।
जिल्ला व्याडमिन्टन संघको समन्वय तथा प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा १६ टिमका ३२ खेलाडीहरुको सहभागिता रहेको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

