नेपालका प्रशिद्ध गजल गायक शिव परियार र नेपाल तारा दिपक लिम्बु हाेलीमा अाईतबार गाईघाट आउने भएका छन । चौथो पूर्वाञ्चल क्षेत्रिय महोत्सव त्रियुगाको समापनको अवसरमा विशेष प्रस्तुती गर्न गायकद्धय परियार र लिम्बु आउन लागेका हुन । बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, पिउँदिन भन्दा भन्दै पिलायो साथीले जस्ता चर्चित गीत का गायक र मुटु माग्यौ तिमिले मैले बाच्नु पर्छ भन्ने चर्चित गित गाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
फागुन १८ गते देखि सुरु भएको महोत्सवममा यस अघिनै परियार र लिम्बु आउने कार्यक्रम तय भएको भएपनि बन्द हड्तालको कारण आउन नसकेको त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । ‘हामीले पहिल्यै नै गायक शिव परियार र दिपक लिम्बु आउने भनेर प्रचार प्रसार गरिहाल्यौ तर बन्दको कारण आउन नसकेपछि महोत्सवको समयवधी बढाएर भएपनि गायकलाई ल्याउने पक्का भएको छ ।’ उनले भने ‘त्रियुगा महोत्सव फागुन १८ गते देखि २८ गते सम्म संचालन गर्ने तयारी थियो तर बन्द हडतालको कारण कलाकार र दर्शकहरुलाई परेको समस्यालाई ध्यान दिदै ३० गते सम्म म्याद थपिएको हो ।’ गायक परियार र लिम्बुले धमाकेदार प्रस्तुती पस्कने छन । परियार नेपालको पार्श गायनमा अब्बल गायकको रुपमा परिचित छन भने लिम्बु नेपाल तारा जस्तो गरिमा बोकेको बिधाबाट सम्मानित गायक युवाहरुको लागि निकै लोकप्रिय छन । कार्यक्रम आईतबरा साँझ ५ बजेबाट सुरु हुनेछ । आजै महोत्सवको समापन हुने भएको छ ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया