अन्जनी कुमार अधिकारी
१७ मंसिर २०८१, उदयपुर
उदयपुर जिल्लाको बेलका नगरपालिका ९ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन ।
घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गर्दै विजयी हाँसिल गरेका हुन ।
घिमिरेले कुल खसेको १८ सय ८५ मतमा ५५९ मत ल्याएर विजयी हाँसिल गर्दा उनका प्रतिष्पर्धी नेकपा एमालेका मोहन खड्काले ५२५ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका नबिन बस्नेतले ४०४ मत प्राप्त गरे भने जनता समाजवादी पार्टीका राजकुमार राईले २०७, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान वि.क.ले १२३ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद फुयालले २७ मत ल्याउदा मङ्गल नेशनलका सुरे तामांगले ५ मत प्राप्त गरे ।
आइतबार सम्पन्न बेलका नगरपालिका ९ को उपनिर्वाचनको अन्तिम मतपरिणाम विवादका कारण गणनामा ढिलाई हुँदा सोमबार आज अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । हिजो मतगणनाका क्रममा ५ सय मतगणना गर्दा २२० मत बदर भएपछि दलहरु बीच विवाद भएको थियो । यद्यपि निर्वाचन कार्यालयले बदर २२० मत पुनः गणना गर्ने निणर्य गरेपछि आज सोमबार बेलका ९ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ मत खसेको छ ।
बेलका नगरपालिका वडा. ९ मा ७ जना प्रतिस्पर्धामा रहेका थिए । गएको २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यो वडामा काँग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको मोटरसाईकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया