
अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
आइतबार सम्पन्न दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै समापन गर्नु भएको हो ।
प्रतियोगितामा प्रदेश स्तरीय मेन्स डबल्स ४५ प्लस ओपन तर्फ भजन लाल चौधरी (झुम्का) र सन्तोष कटवाल (उदयपुर)को जोडी प्रथम भएका छन । त्यस्तै श्याम लामा र उत्तम सिम्खडा (सागर फिड प्रा.लि.)को जोडी द्वितीय हुँदा बल बहादुर कार्की र चित्र थापा अनि श्रवण चौधरी (झुम्का) र बिकास श्रेष्ठ (मोरङ्ग)को जोडी तृतीय भएका छन । उनीहरुलाई क्रमश प्रथम, द्वितीय र तृतीय हुने जोडीहरूलाई नगद रुपैया २५ हजार, १५ हजार र ५ हजार नगद सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान
गरिएको छ ।
प्रदेश स्तरीय मिक्स डबल्स तर्फ बिशाल तामाङ्ग (भोजपुर) र रोजी राई (उदयपुर) जोडी प्रथम भएको छ । भने विनय चौधरी (उदयपुर) र छाया केरुङ (पाँचथर)को जोडी द्वितीय भएको छ । त्यस्तै सुनिल कार्की (संखुवासभा) र निशाम सुब्बा (इलाम), सत्यम सुब्बा (डिबिसी) र बिशाल तामाङ्ग (डिबिसी)को जोडी तृतीय भएको छ । उनीहरुलाई क्रमश प्रथम, द्वितीय र तृतीय हुने जोडीहरूलाई नगद रुपैया २० हजार, १२ हजार र ४ हजार नगद सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।
त्यस्तै प्रदेश स्तरीय मेन्स डबल्स तर्फ विनय चौधरी (उदयपुर) र लाक्पा शेर्पा (मोरङ) प्रथम भएका थिए । भने सुनिल कार्की (संखुवासभा) र महेश खड्का (मोरङ) द्वितीय भएका थिए । रबिन साउदेन (डिबिसी), सन्जुहाङ साउदेन (डिबिसी) र सत्यम सुब्बा (डिबिसी) र बिशाल तामाङ्ग (भोजपुरा) तृतीय भएका थिए । उनीहरुलाई क्रमश प्रथम, द्वितीय र तृतीय हुने जोडीहरूलाई नगद रुपैया ३५ हजार, २० हजार र ७ हजार ५ सय नगद सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान प्रदान गरिएको छ ।
जिल्ला स्तरीय मेन्स डबल्स तर्फ भने देभी राजा राई र कमल तामाङ्ग (बेल्टार)को जोडी प्रथम हुँदा लिला पुलामी र कालु प्रसाद उराव (गाईघाट)को जोडी द्वितीय भएका थिए भने दमन कटवाल, मदन राई (बेलका) र सोम तामाङ्ग, राजकुमार थापा (कटारी)को जोडी तृतीय भएका थिए । उनीहरुलाई क्रमश प्रथम, द्वितीय र तृतीय हुने जोडीहरूलाई नगद रुपैया २० हजार, १२ हजार र ४ हजार नगद सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।
चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोग तथा स्थानीय ब्यवसायीहरु, संघ संस्थाहरुको सहयोगमा प्रतियोगिता नगरको बेल्टार ब्याडमिन्टन क्लबले आयोजना गरेको थियो ।
प्रतियोगितामा कोशी प्रदेशका चौध जिल्लाबाटै खेलाडीहरु सहभागी भएका थिए । तीन दिन सम्म संचालन भएको प्रतियोगिताको शुक्रबार नगर प्रमुख कालुमान लामाले उद्घाटन गर्नु भएको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

