बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई बाट एक महिला आफ्ना दुई छोरा सहित बेपत्ता भएकी छन ।
चौदण्डीगढी ५ शिवाईका आशिष चौधरीले यही मंसिर १ गतेबाट दुई छोरा सहित श्रीमती बेपत्ता भएको भन्दै खोजि गरिदिन आग्रह गरेका छन । बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका श्रीमानले श्रीमती बेपत्ता भएको भन्दै ईलाका प्रहरी कार्यालय शिवाईमा निवेदन दिएका छन । उनले श्रीमती सहित छोराहरुको खोजि गरिदिन समेत आग्रह गरेका छन ।
अन्तरजातीय बिबाह गरेका आशिष चौधरीकी श्रीमती बर्ष २६ कि मुना दाहाल गत मंसिर १ गते देखी छोराहरु अनुग्रा चौधरी र अनुभव चौधरी सहित बेपत्ता भएको परिवारको भनाई छ ।
आफ्नै घरबाट गत ९ दिन देखी आफ्नी बुहारी मुना दाहाल सहित दुई जना नातिहरू हराएपछि सासु चन्दा चौधरीले ९ दिन देखी लगातार खोजी भइरहे पनि फेला नपरेको बताइन । आफ्नो आफन्त, छरछिमेकी र सम्बन्धित सबै ठाउँहरुमा खोजी कार्य समेत बुहारी फेला नपरेपछि चन्दाले खोजी कार्यमा सहयोग गरिदिन भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । उनले तिनै जनाको हुलिया र तस्विर सहित प्रहरीमा निवेदन दिएकी छन। बेपत्ता तिनै जना गहुँगोरो बर्णका रहेको प्रहरीलाई दिइएको निवेदनमा उल्लेख गरिएको छ ।
घर बाटै बुहारी र नातिहरू बेपत्ता भएपछि सासु चन्दा चौधरीले उनीहरुलाई कहिँ कतै कसैले देखेको खण्डमा मोबाइल नम्बरहरु ९८४१६७२३१८, ९७०२१०९६४२, ९८१४७५४४७८, ९८१८४५५५६८, ९८६०११५७०१ वा इमेल ठेगाना [email protected] वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


