गाईघाट
लोकदोहोरी गायक बद्री पंगेनीले मञ्चमा उत्रिएर ‘ससुराली गैरन्थे दिनका दिन…’ गीत गाउन के सुरु गरेका थिए । दर्शकहरूबीच नृत्यको लहर नै चल्यो र एकाएक महोत्सवको माहोल नै तात्न पुग्यो । उदयपुरको गाईघाटमा जारी चौथो पूवाञ्चल क्षेत्रीय महोत्वसव त्रियुगामा बुधबार साझ बद्रीले यो गीतबाट दर्शकलाई नचाए ।
उनी मञ्चमा उत्रिएपछि महोत्सव स्थलमा दर्शकहरू भरिँदै गए । दर्शकको बाक्लो उपस्थितिले हौसिएका पंगेनीले आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिन थाले । युवायुवती मात्रै नभई उमेर ढल्केका बूढापाकाले समेत पंगेनीको गीतमा ताली बजाउँदै नाचेर साथ दिए ।
महोत्सव आयोजनाको आठौ दिन गाईघाट आएका उनले बालबालिका, युवा र वृद्ध सबैलाई हौस्याए । गीत गाउँदागाउँदै दर्शकदीर्घामा आउने उनको शैलीले सबैलाई उत्साहित र मन्त्रमुग्ध बनायो । उनले रमाइला ठट्यौली गीत र प्रचण्ड केपी देउवा दाई………., लाउ चेली सिन्दुर लाउ… भन्ने राजनीति तथा सामाजिक सन्देश बोकेका गीतसमेत सुनाए । यस्तै, मधेसका मुद्दा देशभित्रै मिलाउनुपर्ने… गीत गाएर दर्शकलाई आफूतिर आकर्षित बनाई रहे ।
महोत्सवमा मेरी बास्सैका दर्शनेको प्रहसनले दर्शकको ध्यान खिचेको थियो । महोत्सवमा २८ गते सम्म संचालन हुने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले बताए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

